arrow

जसपाले बढायो संख्या, उपेन्द्रले भित्राए दुई सदस्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ८ आइतबार
upendra-yadav-jasapa.jpg

काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशसभामा सांसद संख्या बढाएको छ । 

 अध्यक्ष उपेन्द्र यादवले स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्यलाई पार्टीमा भित्राएका छन् ।  

यादवले महोत्तरी क्षेत्र नं २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाललाई जसपामा भित्राएका हुन् । 

योसँगै मधेस प्रदेशसभामा जसपाको संख्या १८ पुगेको छ । यसअघि १६ प्रदेशसभा सदस्य रहेको थियो । 

दुवै प्रदेशसभा सदस्यलाई आज बालकुमारीस्थित जसपाको पार्टी कार्यालयमा अध्यक्ष यादवले स्वागत गर्दै पार्टी प्रवेश गराएको प्रवक्ता मनिस सुमनले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ