arrow

बालकोट बोलाएर उपेन्द्रलाई ओलीले भने- मिलेर जाऊ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ८ आइतबार
oli-yadav.jpg

काठमाडौं । सरकार गठनको केही महिनामै सम्बन्ध धमिलिएको सत्ता गठबन्धनका दलहरुबीच सरकारलाई बलियो बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले पहल थालेका छन् ।

मन्त्रिपरिषद्मा भागबन्डा नमिलेपछि सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी भएको छैन ।

अध्यक्ष ओली संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रले सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको जसपाले ठहर नै गरेको छ ।

यसैबीच अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई बलियो बनाउन आग्रह जसपाका अध्यक्ष उपेन्द्र यादवसँग गरेका छन् । यादवलाई  बालकोटमा बोलाएर ओलीले यस्तो आग्रह गरेका हुन् ।

ओलीले यादवलाई सरकारमा सहभागी भएर अहिलेको गठबन्धन बलियो बनाउन सुझाएका थिए  । ओलीले  निर्वाचनमा पनि मिलेर गएको र अब सरकारमा पनि मिलेर अगाडि बढ्नुपर्ने यादवलाई बताए ।

उनले यादवलाई सरकार गठनका क्रममा समस्या आउँदा सबैलाई मिलाएर लैजाने आश्वासन पनि दिए । यता यादवले भने सन्तुलित सहभागिता हुनुपर्ने बताएका थिए ।

प्रचण्डले दोस्रो पटक मन्त्रिपरिषद् गठन गरेसँगै जसपा थप असन्तुष्ट बन्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ