arrow

गण्डकीको मुख्य न्यायाधिवक्तामा बराल नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ८ आइतबार
Shreekanta Baral.jpg

पोखरा । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त भएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बराललाई आज मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

मुख्य न्यायाधिवक्तामा नियुक्त भएका बराल पोखरा महानगरपालिका वडा नं २६ बरालडाँडा निवासी हुन् ।

नवनियुक्त महान्यायाधिवक्ता बरालले आजै शपथ लिएका छन् । बराललाई उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले शपथ गराएका हुन् । शपथ समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री खगराज अधिकारीको उपस्थिति थियो ।

बरालले कानुन र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । हाल उनी काठमाडौँमा सिरमर ल फर्म सञ्चालन गरी वकालत गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ