arrow

तीर्थ स्नान गरि फर्किँदै गरेका यात्रु बोकेको बस पल्टियो : ४५ जना घाइते

एकको अवस्था गम्भीर

logo
रबिन्द्र यादव,
प्रकाशित २०७९ माघ ७ शनिबार
up-bus.jpg

नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको त्रिबेणी-महेशपुर भित्री हुलाकी सडक खण्डमा भारतीय तिर्थयात्रु बोकेको बस पल्टिँदा ४५ जना तिर्थालु घाइते भएका छन् । 

पाल्हिनन्दन गाउँपालिका वडा नं १ रमपुरवा स्थित झरही खोलाको भित्री सडक खण्डमा पवित्र धार्मिक स्थल त्रिबेणीधामबाट माघे कृष्ण औँसीका दिन तीर्थ स्नान गरि महेशपुर भन्सार नाकाबाट फर्किँदै गरेको युपी १६ एफटी ७४६६ भारतीय प्लेट नम्बर भएको बसको स्टेरिङ्ग फेल भई आफै अनियन्त्रित भएर बाटोदेखि अन्दाजी १० मिटर तल घोलामा पल्टिँदा भारतीय तिर्थालुहरु घाइते भएका हुन । 

बस पल्टिएको खबर पाउन साथ स्थानीय,नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तत्काल पुगेर घाइते भएकाहरूको उद्धार गरि पृथ्वी चन्द्र जिल्ला अस्पताल एम्बुलेन्स मार्फत पुर्‍याएर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोजराज पाण्डेले बताए । 

घाइते मध्ये एक जनाको टाउका गम्भीर चोट लागेकाले उनको अवस्था गम्भीर रहेको पाण्डेले जानकारी दिए । बसमा करिब ६०/६५ जना तीर्थयात्री सवार रहेको बताइएको छ । सामान्य घाइते भएकालाई गन्तव्य पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । 

अधिकांश घाइते भएका तिर्थालु भक्तजन भारत महाराजगन्ज जिल्ला फरेन्दा र गोरखपुर कम्पियरगंजका रहेका छन् । हरेक वर्ष माघे कृष्ण औँसीका दिन नवलपुर जिल्लाको त्रिवेणीधामा मेला लाग्ने गर्छ । उक्त मेलामा नेपाल गरि अधिकांश भारतको बिहार र उत्तर प्रदेशको हजारौँ श्रद्धालु भक्तजनहरू स्नान गर्न आउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ