arrow

सीडीयोसहित ७० कर्मचारीको सरुवा, को कहाँ परे ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ७ शनिबार
ministry-home-affairs.jpg

काठमाडौं ।  गृह मन्त्रालयले शुक्रबार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारी (सीडीयो), सहायक प्रमुख जिल्ला अधिकारीलगायतका ७० कर्मचारीको सरुवा गरेको छ । 

बिहिबार सरुवासम्बन्धी जारी भएको मापदण्डको आधारमा मन्त्रालयले सीडीयोको काज सरुवा गरेको हो । शुक्रबारको उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्राङ्कित प्रथम श्रेणीका ४९ सीडीयो, सहायक सीडीयोलगायतका कर्मचारी र राजपत्राङ्कीत द्वितीय श्रेणीका नौ प्रमुख जिल्ला अधिकारी, पाँच सहायक प्रमुख जिल्ला अधिकारी र छ उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । 

प्रथम श्रेणीमा रहेका काभ्रेपलाञ्चोकका सीडीयो हुमकला पाण्डेलाई सुनसरी, चितवनका सीडीयो आसमान तामाङलाई गृह मन्त्रालय, सिन्धुपाल्चोकका वेदनिधि खनाललाई पर्सा, भक्तपुरका सीडीयो रुद्रादेवी शर्मालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

सुनसरीका इन्द्रदेव यादवलाई सर्लाही, सिरहाका लालबाबु कवारीलाई गोरखा, दोलखाका भोजबहादुर खतिवडालाई सिरहा पठाइएको छ । गृहका शेखर पौड्याललाई दोलखा पठाइएको छ । प्राप्त विवरणअनुसार राजपत्राङ्कित द्वितीय श्रेणीका मुगुका सीडीयो रोमबहादुर महतलाई नवलपरासी पश्चिम सरुवा गरिएको छ । रौतहटका सीडीयो कृष्णबहादुर शाहीलाई सुनसरीको सहायक सीडीयोमा पठाइएको छ । 

इलामका सीडीयो माधवप्रसाद ढुङ्गानालाई सप्तरीको सहायक सीडीयोमा, ताप्लेजुङका सीडीयो महेशकुमार पोखरेललाई काभ्रेपलाञ्चोकको सहायक सीडीयोमा पठाइएको छ । गृह मन्त्रालयका उपसचिव गोमादेवी चेम्जोङलाई ताप्लेजुङको सीडीयोमा पठाइएको छ भने कालिकोटका सीडीयो रामहरि शर्मालाई धादिङको सहायक सीडीयोमा सरुवा गरिएको छ । 

हुम्लाका सीडीयो सीताराम परियारलाई इलाका प्रशासन कार्यालय साँखु, बझाङका सीडीयो बाबुराम अर्याललाई इलाका प्रशासन कार्यालय चन्द्रौटा, बाराका सीडीयो कृष्णबहादुर कटुवाललाई गृह मन्त्रालय, डोल्पाका सीडीयो वेदनिधि अधिकारीलाई नुवाकोटको सहायक सीडीयो र स्याङ्जाका सीडीयो गङ्गाबहादुर क्षेत्रीलाई गृह मन्त्रालयमा ल्याइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ