arrow

फोटोग्राफर टासी घले सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ७ शनिबार
tasi ghale samman.jpg

तनहुँ । अति दुर्लभ मानिने हिमचितुवाको तस्वीरबाट अन्तर्राष्ट्रिय वन्यजन्तु तथा वातावरण क्षेत्रमा चर्चित नेपालका वाइल्डलाइफ फोटोग्राफर टासीआर घले सम्मानित भएका हुन् ।

फाटोग्राफर संघ गण्डकीले तनहुँको तनहुँसुरमा आयोजित एक कार्यक्रमका बीच घलेलाई सम्मान गरेको हो । संघका अध्यक्ष दुर्गाप्रसाद पौडेलले घलेलाई सम्मान गरेका हुन् ।

यस्तै, अग्रज फोटोग्राफर बालकृष्ण श्रेष्ठलाई पनि सम्मान गरिएको कार्यक्रममा सम्मानित व्यक्तित्व घलेले दुर्लभ वन्यजन्तु त्यसमाथि पनि अत्यन्त कठिन हिमाली क्षेत्रमा रहने हिउचितुवाको तस्वीर खिच्नका लागि एक फोटोग्राफरका नाताले गरेका संघर्ष र त्यसबाट पाएको उपलब्धि बारे चर्चा गर ।

कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाका फोटोग्राफरहरु सहभागी कार्यक्रमको व्यवस्थापन फोटोग्राफर एशोसियशन तनहुँले गरेको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव तुलसीराम सुवेदीले गरेका थिए ।

कार्यक्रममा सहभागीले ऐतिहासिक तनहुँसुर दरबार, गढी र शहिदस्मारक पार्क लगायत पुरानो हटिया बजारको बदलिदो स्वरुप पनि अवलोकन गरेका थिए । 

यस्तै, कार्यक्रममा सहभागी फोटोग्राफरहरुलाई पत्रकार घनश्याम पौडेलले फोटोपत्रकारिता प्रशिक्षण दिएका थिए । 

संघका अध्यक्ष दुर्गाप्रसाद पौडेललेसमेत आफ्नो फोटो पत्रकारिताका अनुभव सुनाएका थिए । 

कार्यक्रममा होमस्टेका अध्यक्ष मदन आलेले तनहूँसुरको देवस्थल सामुदायिक होमस्टे र त्यसले गाउँलेमा पारेको प्रभावबारे चर्चा गरेका थिए । 

कार्यक्रममा लमजुङ फोटोग्राफर संघका अध्यक्ष मीलन शर्मा दनाइ, मनाङका अध्यक्ष नविन लामिछाने अंकुर, पर्वतका अध्यक्ष नारायण बहादुर केसी, पोखराका अध्यक्ष रामचन्द्र पोख्रेल, तनहुँका अध्यक्ष आलोक कुमाल, मिराज विडिङ फोटोग्राफी अवार्डका संस्थापक भक्त तामाङ, तनहूँ फोटोग्राफर संघका भूपू अध्यक्ष बलभद्र श्रेष्ठ, सल्लाहकार कुमारमोहन श्रेष्ठ लगायतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ