arrow

प्रचण्डले खुवाए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ४ बुधबार
prachanda-dahal-parliament-congerss-meet.jpg

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उनलाई प्रधानमन्त्री दाहालले शपथ गराएका हुन् । 

मङ्गलबार राज्यमन्त्री नियुक्त भएकी ठकुरी उपत्यकाबाहिर रहेका कारण हिजो शपथ लिन सकेकी थिइनन् । 

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलगायतको उपस्थिति थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ