arrow

पहिलो पटक अचानक अमेरिकी र युक्रेनी सेना प्रमुखबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ४ बुधबार
Mark-Milley-us-ukraine.jpg

काठमाडौं । युक्रेन र रुसबीच युद्ध सुरु भएको करिब एक वर्ष पुग्न लाग्दा संयुक्त राज्य अमेरिकाका शीर्ष सैन्य अधिकारीले पोल्याण्ड पुगेर आफ्ना युक्रेनी समकक्षसँग पहिलो पटक आमनेसामने वार्ता गरेका छन्।

अमेरिकी सेनाका जोयन्ट चीफ अफ स्टाफ एवं जनरल मार्क मिलिले युक्रेनका प्रमुख सैन्य अधिकारी जनरल भ्यालेरी जालुज्नीसँग युक्रेनको सीमा नजिकैको दक्षिणपूर्वी पोल्याण्डको अज्ञात स्थानमा केही घण्टा भेटवार्ता गरेका हुन्।

जालुज्नीले मंगलबार मिलिसँग आफ्नो सेनाको 'अत्यावश्यक आवश्यकताहरू'को रूपरेखा सेयर गरेको बताएका छन्।

दुई सेना प्रमुखले युक्रेनको सैन्य आवश्यकताहरू र वर्षभरिमा युद्धको अवस्थाको बारे बारम्बार कुरा गरे पनि भेट पहिलो पटक गरेका हुन्।

अन्तर्राष्ट्रिय समुदायले युक्रेनलाई सैन्य सहयोग बढाइरहेको बेला अमेरिकी र युक्रेनी सेना प्रमुखबीच भेटवार्ता भएको हो । अमेरिकाले युक्रेनी सेनालाई व्यापक तालिम, अमेरिका र युरोपेली राष्ट्रहरुले प्याट्रियट क्षेप्यास्त्र ब्याट्री, ट्याङ्क, वायु रक्षा प्रणाली र अन्य हतियार प्रणाली दिइरहेका छन्।

युक्रेनका सेनाहरूले पूर्वी डोनेट्स्क प्रान्तमा हजारौँ निजी वाग्नर समूहका ठेकेदारहरूको सहयोगमा लडिरहेका रुसी सेनासँग भयङ्कर लडाइँमा रहेका बेला वार्ता भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ