arrow

मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ४ बुधबार
saroj-kumar-yadhav.jpg

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आज विश्वासको मत लिने तयारीमा छन् ।

मुख्यमन्त्रीमा यादव पुस २७ गते  नियुक्त भएका थिए । गत बुधवार मुख्यमन्त्रीमा नियुक्त भएका यादवले शुक्रवार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

आज ११ बजे बस्ने प्रदेशसभाको बैठकमा यादवले आज विश्वासको मत लिने छन् । यादवलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी र दुई स्वतन्त्रले समर्थन गरेका छन्। उनलाई ६३ जना सांसदको समर्थन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ