arrow

पुनको स्वास्थ्य बिग्रिएपछि प्रचण्ड अस्पताल पुगे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ३ मंगलबार
Barsaman-Pun.jpg.jpeg

काठमाडौं ।  माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बिग्रएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’अस्पताल पुगेका छन् । 

प्रधानमन्त्री प्रचण्ड पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन अस्पताल पुगेका हुन् । प्रधानमन्त्री दाहालले आज ललितपुरको सुमेरु अस्पतालमा पुगेर नेता पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिए। 

प्रधानमन्त्रीले नेता पुनको स्वास्थ्य उपचारमा खटिएका चिकित्सकसँग आवश्यक जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

माघी पर्वका लागि गृहजिल्ला रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका गत शनिबारदेखि सुमेरु अस्पतालमा भर्ना भएका हुन् । 

गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात् जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन उपमहासचिव पुन केही दिनपहिले रोल्पा पु गेका थिए ।

रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिनासाथ हेलिकोप्टरबाट अस्पताल ल्याइएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनले केही समयपहिले चीनको एक अस्पतालमा उपचार गराएका थिए । 

जन्डिस रोगबाट पीडित पुनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि रोल्पाबाट काठमाडौँ ल्याइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ