arrow

को-को बने मन्त्री ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ३ मंगलबार
new-ministers-new-cabinet.jpg

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका हुन् ।

शपथ लिनेमा उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र ३ राज्यमन्त्री रहेका छन् ।

 एमालेबाट  शपथ लिनेमा रक्षा मन्त्रालयमा हरि उप्रेती,  परराष्ट्र मन्त्रालयमामा विमला राई पौडेल, स्वास्थ्यमा पदम गिरी, कृषिमा  ज्वालाकुमारी साह,  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दामोदर भण्डारी रहेका छन् ।

त्यस्तै माओवादी केन्द्रबाट सूचना तथा सञ्चारमा  रेखा शर्मा,  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सुदन किराँती, अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।

 राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रम तथा रोजगारमा डीपी अर्याल  र शिशिर खनाल शिक्षा मन्त्री बनेका छन् । रास्वपाले डा. तोसिमा कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाएको छ ।

यसै गरी राप्रपाले विक्रम पाण्डेलाई शहरी विकास र ध्रुवबहादुर प्रधान कानून मन्त्री बनाएको छ  । दीपक सिंह ऊर्जा राज्यमन्त्री बनेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको  मन्त्री मण्डलमा एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३-३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय पाएका छन्  । माओवादी, रास्वपा र राप्रपाले १-१ राज्यमन्त्री पाएका छन् । यसअघि अन्य पहिलो चरणको मन्त्रिमण्डल विस्तार गरेका थिए । 

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । सोही दिन  उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा रवि लामिछानेले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

 एमालेका चार र जनमत पार्टीका अब्दुल खानले पनि सोही दिन मन्त्री पदको शपथ लिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ