arrow

जसपा गठबन्धनबाट बाहिरिने सङ्केत, ओलीको मिलाउने आश्वासन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ३ मंगलबार
oli-prachanda-yadav.jpg

काठमाडौं । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिने सङ्केत गरेको छ । तीन वटा मन्त्रालय माग्दै आएको जसपाले दुई मन्त्रालय मात्रै पाउने भएपछि बाहिरिने सङ्केत गरेको हो । 

संसद्मा १२ सिट रहेको जसपाले राप्रपा बराबरी हैसियत खोजेको थियो तर उसले दुई मन्त्रालय मात्रै पाउने भएपछि असन्तुष्ट बनेको छ । सोमबार साँझ मन्त्रालय बाँडफाँडमा सहभागी भएका जसपाका अध्यक्ष उपेन्द्र यादवले तीन वटा मन्त्रालयमा दाबी गरेका थिए । 

तर सत्ता गठबन्धन दलहरूले मधेशमा नयाँ प्रवेश गरेको पार्टी जनमतलाई जस्तै दुई मात्रै मन्त्रालय दिने भनेपछि यादव चिढिएका छन् । उनले भावण्डामा आफ्नो असहमति राखेर सोमबार साँझ बालुवाटारबाट बाहिरिएका थिए । उनले यही अवस्थामा आफ्नो दल सरकारमा नजाने सङ्केत गरिदिएका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले भने मिलाउने आश्वासन दिएको स्रोतले जनाएको छ । जसपालाई बाहिर राखेर लोसपालाई मन्त्रिपरिषद्मा सहभागी गराउने स्रोतको दाबी छ । तर आजै भने यो प्रक्रिया पूरा नहुने सत्तारुढ दलका नेताहरूले जनाएका छन् । 

निर्वाचनमा एमालेसँग गठबन्धन गरेबाटै जसपा अहिलेको सरकार निर्माण प्रक्रियामा सहभागी भएको थियो । न्यूनतम साझा कार्यक्रम बनाउनेमा पनि सहभागी भएको जसपाले तीन मन्त्रालय नपाएपछि बाहिर बस्ने सङ्केत गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ