- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रचण्ड नेतृत्वको सरकारमा जाने मन्त्रीको नाम टुङ्गो लगाएको छ ।
राप्रपाले उपप्रधानमन्त्री सहित तीन मन्त्री र एक राज्यमन्त्रीको टुङ्गो लगाएको हो ।
राप्रपाले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र सहरी विकास मन्त्रालय र ऊर्जा राज्यमन्त्री पाएको छ ।
सरकारमा राप्रपाका तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेर जाँदै छन् ।
त्यस्तै कानुन मन्त्री बनेर धुव्रबहादुर प्रधान, शहरी विकास मन्त्री विक्रम पाण्डे र दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बन्ने भएका छन्।