arrow

गण्डकीमा सभामुखको निर्वाचन हुँदै, गठबन्धनले जित्ने निश्चित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३० शनिबार
gandaki-pradesh.JPG

पोखरा । गण्डकी प्रदेशको सभामुखको निर्वाचन आज हुँदै छ । निर्वाचन गण्डकी प्रदेशसभामा शनिबार अपराह्न ३ बजेबाट हुदैछ ।

सत्तारुढ गठबन्धनबाट प्रदेशको सभामुखमा नेकपा(माओवादी केन्द्र)का कृष्णप्रसाद धिताल उम्मेदवार बनेका छन् भने प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवार टुङ्गो लगाइसकेको छैन ।

सत्ता गठबन्धनमा माओवादी केन्द्रले सभामुख पाउने निर्णय यसअघि नै भइसकेको छ । यहाँ नेकपा(एमाले)ले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी भागवण्डा गरिएको थियो ।

सोहीअनुसार नेकपा(एमाले)का संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन् । गण्डकीमा गठबन्धनका पक्षमा बहुमत रहेकाले गठबन्धनका उम्मेदवार विजयी हुने निश्चित छ ।

यता कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ ।

गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ