arrow

अपांगता भएकी दिदीको करणी भएको भन्दै विदेशबाट न्याय माग्दै मण्डल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३० शनिबार
crime-final-everytime-use.jpg
तस्बिर – सांकेतिक ।

सिराहा । अन्दिपकुमार मण्डलले आफ्नी अपांगता भएकी दिदीमाथि जबरजस्ती करणी भएको भन्दै सहयोगका लागि विनम्र अनुरोध गरेका छन् । सुखिपुर नगरपालिका ३ का मण्डलले आफ्नो परिवार विपन्न भएकाले परिवारलाई कसैले सहयोग नगरेको भन्दै सहयोगका लागि सामाजिक संजालमा पोष्ट गरी आग्रह गरेका छन् । 

उनले आफू रोजगारीका लागि कतारमा रहेको भन्दै घरमा अपांगता भएकी दिदी ललिताकुमारीलाई गाउँकै एक जनाले जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोप लगाउँदै कारबाहीको लागिसमेत माग गरेका छन् । 

यस्तो लेखेका छन् उनले सामाजिक संजाल फेसबुकमा–
‘मेरो दिदी अपांग हुनुहुन्छ । तर पनि पापिले मेरो दिदिलाई छोडेन, मेरो घर सुखिपुर नगरपालिका वडा नम्बर घ कुसहा लक्ष्मीनिया हो म विपन्न वर्ग परिवार बाट भएको कारणले गर्दा म लाई र मेरो फेमेलीलाई कसैले सहयोग गरिएको छैन । त्यसैकारणले म हजुरहरुसँग सहयोगको अपेक्षा राखी यो पोस्ट गर्न गई रहेको छु ।
मेरो दिदी ललिताकुमारी मंडल अपांग हुनुहुन्छ र हामी आफ्नो जीवन यापन चलाउन वैदेशिक रोजगारको सिलसिलामा कतार आएका छौं । त्यसैगरी दिदी आमा बुवा घरमै काम गरि जीवन यापन गर्दै हुनुहुन्छ । यसै क्रममा मेरो दिदी बाख्रा चराउन जादा मेरै गाउँको कोसिलाल यादवको छोरा चन्दन यादवले जवर्जस्ती करणी  गरेको हुनाले हामी सारै अन्यायमा पुगेका छौँ ।
मेरो दिदी राम्रोसँग बोल्न सक्दैन, हिड्न सक्दैन त्यसैको फाइदा उठाई बारम्बार जबर्जस्ती करणी गरि मेरो दिदीको पेटमा बच्चा बोकाई अहिले उल्टै चन्दन यादवको परिवारजनले मेरो ममीलाई गाली बेइजती कुटपिट गरिरहेको छ । किनभने हामी पीडित विपन्न वर्गका परेको हुनाले कोही कसैले चाँसो राख्दैन । दिन प्रतिदिन मेरो दिदीको समस्या जटिल हुन पुग्दैछ । तर केटा घरबाट फरार भई अनेकौं प्रकारका चाल चल्दै छ । दिन प्रतिदिन मेरो आमाले थाना  जादा हेरिरहेको छ, पतारी थानामा हाँसको मासु, रक्सी लिएर विपक्षी र विपक्षीका चम्चाहरु ओहर दोहर गरिएको छ ।

यता चन्दन यादव को बुवा  उल्टै थर्काउँदैछ छ कि तिमीहरू जस्ता धानुकले केही गर्न सक्दैनौ म अदालतलाई किनिहाल्छु, प्रहरीलाई किनिहाल्छु सरकारी वकिललाई किनिहाल्छु त्यति हिम्मत छ म मा तर तिमीहरुलाई छोड्दिन नाना थरिका गाली दिइरहेको छ ।
के यो हाम्रो देशमा न्याय छैन हामिहरु निमुखालाई कसैले न्यायको लागि सहयोग गर्दैन, म र मेरो परिवार हजुरहरुसंग अनुरोध गर्दछु कि कृपया हामीलाई न्याय दिलाउनु सहयोग गर्नुस मेरो घरको नम्बर ९८२९७२३४५८ हो न्यायिक सहयोगको लागि हजुरहरुसंग अनुरोध । 
साथ साथै हजुरहरुसँग अनुरोध छ चन्दन यादवलाई जहाँ देख्नुहुन्छ त्यहीँ नै समाती जनकारबाही गर्नु जिल्ला प्रहरीलाई जानकारी गराइदिनु हुन अनुरोध छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ