कानुनी शासनको पालना गर्न संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटरेसको आग्रह
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २९ शुक्रबार
1k
Shares
संयुक्त राष्ट्रसङ्घ। संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूलाई कानुनी शासनको पालना गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्–'म सबैभन्दा पहिला के कुरामा विश्वका संयुक्त राष्ट्रसंघका सदस्य देशहरूलाई आग्रह गर्दछु भने हामी सबैले संयुक्त राष्ट्रसङ्घको मूल्य मान्यता र यसको बडापत्रको सम्मान गर्नुपर्दछ र मलाई लाग्छ सबैले कानुनी शासनको पालनामा ध्यान दिनुपर्दछ ।'
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले त्यस बैठकमा विश्वका सबै देशहरूले आजको अवस्थामा संयुक्त राष्ट्रसङ्घको मूल्य मान्यतामा जोड दिँदै यसको महत्त्वका लागि कानुनी शासनको पालना गर्न र यसको बडापत्रमा ध्यान दिन आग्रह गरेको बताइएको छ ।
उनले विश्वमा शान्तिको स्थापना गर्न तथा अन्तर्राष्ट्रिय कानुनहरूको पालना र यसको प्रवर्द्धनका लागि विश्वका देशहरूले संयुक्त राष्ट्रसङ्घको बडापत्र र यसका मूल्य मान्यताहरूको सम्मान र प्रवर्द्धनमा जोड दिएको पनि सो समाचारमा जनाइएको छ ।
विश्वम शान्ति स्थापना गर्न तथा विश्वका नागरिकहरूमा आत्मसम्मानको विकास गर्नका लागि पनि कानुनी शासनको पालना र यसको सम्मान अहिले निकै नै जरुरी रहेको उनको भनाई थियो ।
विश्वमा दिन प्रतिदिन हिंसा बढ्दै गएको छ र अहिले विश्वमा विभिन्न नयाँ स्वरूपहरूमा नागरिकहरूप्रति हत्या हिंसा बढ्दै गएको छ भन्दै यो सबै अवस्थाको अन्त्यका लागि कानुनी शासनको पालना गर्नुपर्नेमा उनले जोड दिए ।
उनले भने– 'विश्वका विभिन्न देशमा हत्या हिंसा बढ्दै गएको छ । विभिन्न स्वरुपका हिंसात्मक गतिविधिहरू बढिरहेका छन् भन्दै यसका लागि सबैले कानुनको पालना र दोषीमाथि कानुनी शासन अनुरूप कारबाही हुनु जरुरी छ ।'