arrow

प्रदेश १ मा तीन मन्त्री थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २९ शुक्रबार
pradesh-province-1.jpg

धरान ।  प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङले आज तीन मन्त्रीलाई शपथ गराएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र बुद्धिकुमार राजभण्डारीलाई कार्य विभाजनपछि तोकिने गरी मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ गराइएको हो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा यही पुस २५ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम प्रदेश मन्त्रिपरिषद् विस्तारका लागि सिफारिश भएअनुसार शपथ गरिएको हो ।

शपथग्रहण समारोहमा मुख्यमन्त्री कार्की, प्रदेशसभाका सभामुख बाबुराम गौतम, प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली लगायतको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ