arrow

के सहमति भयो प्रचण्ड र ओलीबीच ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २८ बिहिबार
prachanda-oli-handshake.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच संघीय सरकारको मन्त्रालय भागबण्डा र प्रदेश सरकारको भागबण्डाको विषयमा छलफल भएको बताइएको छ । 

अब संघीय मन्त्रिपरिषदलाई पूर्णता दिने र सातवटै प्रदेश सरकार बनिसकेको अवस्थामा प्रदेश सरकारलाई पूर्णता दिने विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ ।

ओली र प्रचण्डबीच सभामुख र उपसभामुखको निर्वाचन, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको विषयमासमेत छलफल भएको छ । 

आजको बालुवाटार वार्तामा बिनाविभागीय मन्त्रालयको टुङ्गो लगाउने र बाँकी १७ वटा मन्त्रालय बाँडफाँटमा सहमति जुटाउनेबारे छलफल भएको थियो । दुई नेताबीचको छलफलपछि सत्ता साझेदार दलको बैठक बस्नेछ । 

त्यो बैठकमा अन्य दलका मन्त्रीहरूको पनि टुङ्गो लगाउने तयारी छ । 

बुधबार मात्रै प्रधानमन्त्री प्रचण्ड गोरखाबाट फर्किएपछि अध्यक्ष ओलीसँग भेट गरी मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गरेका थिए । प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाबाट मङ्गलबार दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका थिए । 

प्रतिनिधि सभामा भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । विश्वासको मत पाएपछि  मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य सुरु भएको छ । 

यही पुस ११ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सपथ लिएका थिए । त्यस्तै राजेन्द्र राई, ज्वालाकुमारी साह र दामोदर भण्डारीले विना विभागीय मन्त्रीका रूपमा सपथ लिएका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ