arrow

प्रचण्ड र ओलीबीच बालकोटमा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २७ बुधबार
prachanda-oli-balkot-2079-09-27.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  र पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । प्रधानमन्त्री प्रचण्ड छलफलका लागि ओली निवास बालकोटमा गएका हुन् ।

दुवैबीच सरकार संचालन र अबको गतिविधिबारे छलफल भइरहेको हो । प्रचण्डले हिजोमात्रै संसदबाट विश्वासको मत पाएका थिए । 

भेटघाटमा मन्त्रिपरिषद विस्तार, सभामुखको निर्वाचन लगायतका विषयमा छलफल भएको बताइएको छ । साथै गठबन्धनमा देखिएका समस्या, प्रदेशमा सरकार गठनको आलोपालो प्रणालीको विषयमा पनि छलफल भएको बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ