arrow

मधेस प्रदेश : आन्तरिक तयारी नपुगेपछि मुख्यमन्त्रीमा दाबी पेस हुन सकेन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
madesh-pradesh-province-2.jpg

जनकपुरधाम। गठबन्धन दलमा आन्तरिक तयारी नपुगेको भन्दै मङ्गलवार मधेस प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्ने कार्य हुन सकेन । 

गठबन्धनका अन्य दलले चिसोका कारण सांसद जनकपुरमा आइपुग्न ढिलाइ भएको र अन्य व्यवस्थापकीय तयारी बाँकी रहेको जनाएपछि दाबी पेस गर्न नसकिएको जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश प्रमुख रामबाबु यादवले जानकारी दिए ।  

यसअघि जसपा मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै सरकार गठनका लागि मङ्गलवार नै दाबी पेस गर्ने भनिएको थियो । 

प्रस्तावित मुख्यमन्त्रीका दाबेदार जसपा मधेस प्रदेश संसदीय दलका नेता यादवले पनि सत्ता गठबन्धनका अन्य दलले तयारी नपुगेको भनेपछि मङ्गलवार दाबी पेस हुन नसकेको बताए। उनका अनुसार सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) ले मङ्गलवार दिउँसोसम्म संसदीय दलको नेता चयन गर्ने र अन्य दलले पनि आन्तरिक तयारीपछि दिउँसो ४ बजेसम्म दाबी पेस गर्ने भनिएको थियो तर माओवादी केन्द्रले दलको नेता चयन गर्न सकेन । 

“सबै तयारी भए किन अन्तिमसम्म कुर्ने भन्ने थियो, तर आज आन्तरिक तयारी नपुगेपछि दाबी पेस हुन सकेन”, नेता यादवले भने, “अब माओवादी केन्द्रले दलको नेता चयन र अन्य दलको आवश्यक तयारी पूरा भएपछि दाबी पेस गर्छौँ, सम्भवतः भोलि नै गर्छौँ ।” 

प्रदेश प्रमुख हरिशङ्कर मिश्रले यही २८ पुस दिउँसो ४ बजेसम्म सरकार गठनका लागि आह्वान गरेका छन् । केन्द्रीय सत्ता समीकरणमा रहेका दलहरूबीच मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ