arrow

काँग्रेससँग राष्ट्रपति र उपराष्ट्रपतिका विषयमा सहमति भएको छैन : प्रधानमन्त्री दाहाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
prachanda-dahal-parliament-congerss-meet.jpg

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेससँग शक्ति बाँडफाँटको विषयमा कुनै सहमति नभएको प्रतिक्रिया दिएका छन्।

मङ्गलवार बसेको प्रतिनिधिसभा मार्फत विश्वासको मत प्राप्त गरेर बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले काँग्रेससँग राष्ट्रपति, उपराष्ट्रपतिका विषयमा सहमति नभएको बताएका हुन्।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड धुम्बाराही पुगेका थिए। यसपछि मङ्गलवार बिहान बसेको काँग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको छ। जस कारण प्रधानमन्त्री प्रचण्ड र काँग्रेसबिच शक्ति बाँडफाँटका विषयमा सहमति भएको हो कि भन्ने आशङ्का उब्जिएका बेला प्रधानमन्त्री प्रचण्डले कुनै पनि सहमति नभएको प्रतिक्रिया दिएका हुन्। 

२६८ सांसदको समर्थनसहित प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ