कांग्रेस महामन्त्री शर्माले भने - 'घरजम हुँदा प्रेम टुट्यो डिभोर्सपछि माया बस्यो'
'केपी ओली चिप्लिनु भयो'
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
952
Shares
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुस्पकमल दहालले पाएको दुई तिहाइभन्दा बढी मतमा कांग्रेसको सहभागितालाई 'घरजम हुँदा प्रेम टुट्यो डिभोर्सपछि माया बस्यो' जस्तो भएको प्रतिक्रिया दिएका छन्।
उनले भने 'कांग्रेस सबैभन्दा ठुलो दल भए पनि परिस्थितिले विपक्षमा पुग्यौं। विपक्षी पार्टी भित्र फरक मत त सबैले देखिहाल्नु भयो। फरक मत पनि सुरक्षित रहेको छ र निर्णय अनुसार पार्टीको बहुमतको कदर गर्दै समर्थन गरेका हौं।'
पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधनका क्रममा आफुले गरेको संसद् विघटनलाई सही बताउने क्रममा दिएको राजा महेन्द्रले पनि संसद् विघटन गरेका थिए भन्ने भनाइलाई ओली तर्कमा चिप्लिएको संज्ञा दिएका छन्।
उनले भने 'केपी ओलीको संसद् विघटन गलत निर्णय थियो र राजा महेन्द्रले गरेको विघटन, गिरिजा प्रसादले गरेको विघटन जस्ता नजिर दिएर आफ्नो संसद् विघटन सही रहेको जस्टिफिकेसन दिन खोज्दा वहाँ चिप्लिनु भयो।'
नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा शर्मा प्रचण्डलाई विश्वासको मत दिने विपक्षमा रहेका थिए। उनी सहित अर्का महामन्त्री गगन थापा, नेताहरू अर्जुन नरसिंह केसी, प्रकाशमान सिंह र प्रदीप पौडेलले प्रचण्डलाई विश्वासको मत दिन नहुने भन्दै फरक मत राखेको थिए।