arrow

संसदबाट दुई-तिहाई मतका साथ प्रचण्ड प्रधानमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
dahal-prachanda-vote-maoist-pm-2079-2023.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाले प्रधानमन्त्रीका लागि राखेको विश्वासको मतको प्रस्तावमा विश्वासको मत पाएका छन्। प्रचण्डले २ सय ७५ कुल सदस्य सङ्ख्या रहेको संसद्बाट उपस्थित २ सय ७० सांसद मध्यबाट २ सय ६८ मत प्राप्त गरेका छन्। उनको विपक्षमा दुई मत परेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि मागेको विश्वासको मतको प्रस्तावको पक्षमा नेपाल मजदुर किसान पार्टी  बाहेकका सबै दलहरूले पक्षमा मतदान गरेका थिए। । प्रतिनिधिसभाको मङ्गलवार बसेको बैठकमा सदस्यहरूले बोल्ने क्रम सकिएपछि मतदान सुरु भएको थियो ।

प्रस्तावको पक्षमा सत्ता गठबन्धनभित्रका दलदेखि नेपाली कांग्रेसलगायत सत्ताबाहिरका दलहरूले समेत मतदान गर्ने घोषणा गरेका थिए । प्रारम्भिक अनुमानले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने निश्चित नै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ