arrow

तल्लो अरुण सम्झौता फिर्ता लिन आवश्यक छ : प्रेम सुवाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
prem-suwal-.jpg

काठमाडौं। नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले तल्लो अरुण सम्झौता फिर्ता लिन आवश्यक रहेको बताएका छन् । मंगलबार संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत माग्न बसेको संसद्को बैठकमा बोल्दै उनले यस्तो भनेका हुन् ।

यस्तै उनले नेपालको हित विपरीत भएका भन्दै कोशी, गण्डकी, माहाकाली, माथिल्लो कर्णाली, पश्चिम सेती, अरुण तेस्रो लगायतका सम्झौता समेत खारेज गर्न आवश्यक रहेको बताएका छन् ।

यस्तै उनले गरिबीको कारण १३ प्रतिशत नेपाली जनता निर्वाचनमा मत बेच्न बाध्य भएको भन्दै उनले यस विषयमा ध्यान जान आवश्यक रहेको बताएका छन् ।

उनले काठमाडौंका लोपोन्मुख नेवार विस्थापित भइरहेको भन्दै यसलाई बचाउन आवश्यक रहेको बताएका छन् । यस्तै उनले नेपाली सभ्यता विकासकारुपमा रहेका देशभर र काठमाडौं उपत्यकाका सास्कृतीक सम्पदाको संरक्षण आवश्यक रहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ