arrow

नागरिक उन्मिुक्ति पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
ranjana-shrestha-nagrik-unmukti.jpg

काठमाडौं । नागरिक उन्मिुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएकी छन् । उनले आफ्नो दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि, आफ्ना माग पूरा नभएसँग सत्ता बाहिर बस्ने बताएकी छन् ।

यस्तै उनले सुदुरपश्चिम प्रदेशमा आफ्नो बलियो उपस्थिती रहेको भन्दै सुदुरपश्चिम प्रदेश सरकार आफ्नो दलको नेतृत्वमा बनाउने चाहेको समेत बताएकी छन् ।

उनले रिक्सा चलाइरहेका, सडकमा काम गरिरहेकाहरुलाई किन राजबन्दी बनाइयो भन्दै टिकापुर घटनामा आफुहरुले न्याय पाउने आशा गरेको बताएकी छन् ।

यस्तै उनले टिकापुरमा फेरि एक ९ वर्षीय बालिका बलात्कृत भएको भन्दै ८ दिनसम्म पनि बलात्कारीकाे पहिचान भइसक्दा समेत कारबाही नभएकाे भन्दै उनले पीडित बालिकाकाे क्षतिपूर्तीसहित न्याय समेत मागेकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ