arrow

राप्रपाले विश्वासको मत दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
rajendra-lingden-raprapa.jpg

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उनको दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मागेको प्रधानमन्त्रीमा विश्वासको मतको प्रस्तावको पक्षमा मत गर्ने बताएका छन् ।

सोमबार संसदको बैठकमा बोल्दै उनले विश्वासको मतको पक्षमा मतदान गर्ने बताएका हुन् । यस्तै उनले सरकारले पृथ्वी दिवसमा बिदा दिने निर्णय गरेकोमा सरकारलाई धन्यवाद समेत व्यक्त गरेका छन् । 

उनले  पृथ्वीनारायण शाह भएकै कारण आज नेपाल रहेको बताउँदै राष्ट्रनिर्मातालाई सम्मान दिन कसैले पनि हिनता बोध गर्न नहुने बताउँदै फेरि पनि सरकारलाई धन्यवाद दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकोतर्फबाट सबै सदस्यलाई भृकुटीमण्डपमा चियापान समारोहमा चुले निम्तो गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ