arrow

विश्वविद्यालय क्यालेन्डर अनुसार सञ्चालन, एक वर्षभित्र सय प्रतिशत नेपालीमा बिजुली : प्रधानमन्त्री प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
prachanda-samsad-final-2079.jpg

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत माग्दै नेपालमा चाँडै मल काराखाना स्थापनाको काम अघि बढाइने बताएका छन्।

यस्तै उनले विश्वविद्यालयहरु क्यालेन्डर अनुसार सञ्चालन हुने र अहिलेको भद्रगोल सहन नगरिने बताएका छन् । सबै पालिकामा आधारभुत र प्रदेशमा विसिष्टकृत अस्पताल बनाइने उनले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले गुणस्तरीय सेनेटरी प्याडमा आर्थिक प्रत्याभुती गराइने बताएका छन् । यस्तै उनले चिकित्सकहरुको संख्या वृद्धी र चिकित्सक र नर्सहरुलाई सरकारी सेवामा आर्कषीत गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

उनले सबै क्षेत्रको स्वास्थ्य सेवाको गुणस्तर सुुनिश्चिताको लागि अधिकार सम्पन्न प्राधिकरण बनाइने बताएका छन् । खाद्य, आवास र स्वच्छ खानेपानीलाई मौलिक हक र आगामी ३ वर्षमा सतह र भुमीगतबाट मधेसको थप ३ लाख हेक्टरमा सिचाई पुर्याइने बताएका छन्।

यस्तै उनले विद्युत उत्पादनमा वृद्धी र निर्यात गरिने इन्धनको निर्भरता हटाइने प्रतिबद्धता व्यक्त गरेका छन् । ५ वर्षमा विद्युत उत्पादन क्षमता ६५ सय मेगावाट र प्रति व्यक्ति खपत ७ सय किलोवाट घण्टा पुर्याउने सरकारको लक्ष्य रहने बताएका छन् । यस्तै उनले विद्युत महशुलको समायोजन गर्दै १ वर्षभित्र १०० प्रतिशत नेपालीमा विजुली पुर्याइने बताएका छन्।

जेष्ठ नागरिक, दलित, एकल महिला, अपांगता भएका व्यक्ति, लोपोन्मुख जातिका मानिस र लक्षित बालबालिकाहरु गरी ५ वर्षमा ६० लाखले सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था गरिने समेत उनले बताएका छन् । यस्तै उनले ५ वर्षको अवधिमा न्युनतम ज्याला मासिक २५ हजार पुर्याइने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ