arrow

प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
prachanda-biswas-mat.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार (आज) संसदको बैठकमा प्रधानमन्त्रीमा विश्वासको मत मागेका छन् ।

संसदमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले भनेका छन्,'नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम मेरो नेतृत्वमा विविभन्न राजनीतिक दलको सहभागितामा सरकार गठन भएको हो । यो विश्वासका लागि दलहरुलाई धन्यवाद दिँदै म आज यो सार्वभौम संसदमा सामाजिक न्याय, शासासन र समृद्धीको संकल्पसहित प्रधानमन्त्रीमा विश्वासको मत माग्नका लागि उपस्थित भएको छु।'

यस्तै प्रधानमन्त्री प्रचण्डले यसपटक ठूलो आत्मस्वीकारोक्ती र आत्मसमिक्षासहित यो रोस्टममा उपस्थित भएको बताएका छन्। उनले यसअघि दुई पटक नौं नौं महिना प्रधानमन्त्री भएको स्मरण गराउँदै  पहिलो पटक प्रधानमन्त्री हुँदा खासै अनुभव नभएको बताएका छन् ।

तथापि, उनले पहिलो पटक प्रधानन्त्री हुँदा गरेका मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण करिडोर, गरिब किसानको ऋण मिन्हा र विद्युती करणमा तिव्रता दिने प्रयासले आज पनि मानिसहरुको जिवनमा प्रभाव पारेकोमा खुसी रहेको समेत बताएका छन्।

दोस्रो कार्यकाल वैदेशिक सम्बन्धमा ठूलो उतारचढाव भएको बेला भएको बताएका छन् । उनले संविधानको सफल कार्यान्वयनमा धेरै विश्वास नजागिसकेको बताए । संविधान संशोधनको प्रयासपछि उनले मधेसलाई सहमतिमा ल्याउँदै संविधानको विश्वासपूर्ण कार्यान्वयनको प्रयास गरेको उनले बताएका छन् ।

स्थानीय निकायको निर्वाचन गरेर संविधान कार्यान्वयनको विश्वासपूर्ण सुरुवात, मूल्यवृद्धि नियन्त्रणमा राखेर आर्थिक वृद्धिदर ४ प्रतिशत कट्यो, त्यसअघि कहिल्यै पालना नहुने राजनीतिक सहमतिको पालना गरेर अत्यन्त इमानदारीका साथ सत्ता हस्तान्तरण गरेको उनले बताए ।

आज तेस्रो पटक प्रधानमन्त्रीका रूपमा विश्वासको मत माग्न रोस्टममा उभिएको उनले बताए । उनले यस पटक फरक सङ्कल्पका साथ संसद्मा सामु उभिएको बताउँदै उनले विश्वासको मत पाएमा हामी राजनीतिकर्मी कहीँ न कहीँ चुकेको इमानदार स्वीकारोक्तिसहित अघि बढ्ने उनले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ