arrow

बागमती प्रदेश

मुख्यमन्त्रीमा जम्मकट्टेल, नवनियुक्त दुई मन्त्री लिए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
jamkattel.jpg

बागमती । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पद तथा गोपनीयताको शपथ लिएका छन् मंगलबार बिहान उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ खुवाएका हुन् ।

मुख्यमन्त्रीसहित अन्य २ नवनियुक्त मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेकपा एमाले बागमतीका संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपाका संसदीय दलका नेता उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

एमालेबाट मन्त्री बनेका थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी लिएका छन् भने राप्रपाबाट मन्त्री बनेका थापाको जिम्मेवारी तोकिएको छैन ।

११० सांसद मध्य ७० सांसदको समर्थनसहित जम्मकट्टेलले मुख्यमन्त्रीमा दाबी पेश गरे लगत्तै प्रदेश प्रमुख शर्माले हिजो उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री जम्मकट्टेललाई एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ