arrow

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलद्वारा शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
salikram-jamkattel.jpg

हेटौंडा। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री जमकट्टेललाई आज विहान ९ः४० मा पद तथा गोपनीयताको शपथ गराए । 

मुख्यमन्त्री जमकट्टेलले सिफारिसमा नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धब थापालाई प्रदेश प्रमुख शर्माले मन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त दुई मन्त्रीलाई प्रदेश प्रमुख शर्माले पद तथा गोपनीयताको शपथग्रहण गराए । 

थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने मन्त्री थापालाई बिना विभागीय मन्त्रीका रूपमा नियुक्त गरिएको हो । मुख्यमन्त्री जम्मकट्टेलले बागमती प्रदेशको १४ मन्त्रालयमध्ये १३ मन्त्रालय अर्को मन्त्रिपरिषद् विस्तार नभएसम्मका लागि आफैँले सम्हाल्नु हुनेछ । 

नवनियुक्त मुख्यमन्त्री जम्मकट्टेल धादिङ जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा १ बाट निर्वाचित हुन् । नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री थपलिया चितवन १ प्रदेशसभा १ र बिना विभागीय मन्त्री थापा काठमाडौँ क्षेत्र नं ८ प्रदेशसभा २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ