arrow

प्रचण्ड सरकारको न्यूनतम साझा कार्यक्रम [पूर्णपाठसहित] 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
pm-prachanda-oli-poudel-shrestha.jpg

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ। न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै संयोजक एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक सुरक्षा भत्ता व्यवस्थित गर्ने समेटिएको जानकारी दिए ।

पाँच वर्षमा ज्येष्ठ नागरिक, एकल महिलासहित ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरिने उनले जानकारी दिए । न्यूनतम ज्याला सहितलाई पनि व्यवस्थित गर्ने उनले बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा सत्ता साझेदार दलका शीर्ष नेताको समेत उपस्थितिमा नीति तथा कार्यक्रम सूचना प्रविधि नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।

सरकारले कुनै पनि नेपाली नागरिक नागरिकता प्रमाणपत्र पाउनबाट र नागरिकका अधिकार उपभोग गर्नबाट वञ्चित हुनु नपरोस् भन्ने सुनिश्चित गर्ने विषयलाई कार्यक्रममा समावेश गरिएको छ ।

सरकारले पूर्णता पाएको छ महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गर्ने तथा संसद्को अधिवेशनबाट यथाशीघ्र नागरिकतासम्बन्धी अन्य समस्या समाधान गर्ने विषयलाई महत्त्वका साथ समावेश गरिएको छ ।

यसैगरी सबै नेपालीलाई एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने सरकारको योजना छ। लामो समयदेखि राष्ट्रिय परिचयपत्र वितरण गरिएको भए पनि अपेक्षित सफलता हासिल हुन नसकेपछि सरकारले यसलाई विशेष प्राथमिकतामा राखेको छ ।

सरकारको न्यूनतम साझा कार्यक्रममा सङ्घीय संसद्को अधिवेशनबाटै एक दर्जन नयाँ ऐन ल्याउने भएको छ। संसद्को पहिलो अधिवेशनबाट कम्तीमा एक दर्जन नयाँ ऐन तर्जुमा या विद्यमान ऐनमा समयानुकूल परिमार्जन गर्ने विषयलाई महत्त्वका साथ समेटिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ