arrow

सरकारले २७ पुसमा सार्वजनिक बिदा दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
prithivinarayan.PNG
फाइल तस्बिर

काठमाडौँ। सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक बिदा दिन माग गर्दै आएको थियो। सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक बिदा दिने उल्लेख थियो। उक्त न्यूनतम साझा कार्यक्रमलाई पनि सोमबारकै मन्त्रिपरिषद् बैठकले पारित गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ