arrow

गठबन्धन तोडेर प्रधानमन्त्री बनेका प्रचण्ड विश्वासको मत माग्न पुगे देउवालाई भेट्न 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
prachanda-deuba-dhumbarahi-meet-pm.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न गएका छन् । सोमबार बेलुकी ७ बजे भेटवार्ताका लागि उनी धुम्बाराही पुगेको देउवाको सचिवालयले जानकारी दिएको छ ।

मंगलबार प्रतिनिधि सभा सदस्यको बैठकमा विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्ड देउवालाई भेट्न गएका हुन् । उनले देउवालाई भेटेर आफ्नो सरकारलाई विश्वासको मत दिन आग्रह गरेको बुझिएको छ । 

यसअघि गत वर्ष असारमा देउवाको नेतृत्वमा सरकार बनेको थियो । त्यतिबेलाको कांग्रेस, माओवादी, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाको पाँच दलीय गठबन्धन चुनावसँगै थप पाँच वर्ष सँगसँगै अगाडि बढ्ने सहमति भएको थियो । 

तर त्यो सहमति स्थानीय तहको निर्वाचनसम्म सबैले पालना गरे पनि प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा जसपाले छाडेर एमालेसँग सहकार्य गर्यो । 

चुनावको नतिजापछि सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको एक साताको समयको अन्तिम दिनको अन्तिम पाँच घण्टा बाँकी छँदा प्रचण्डले गठबन्धनलाई धोका दिएर एमालेसँग मिलेर सरकार बनाए । 

तर अहिले तिनै प्रचण्डले प्रमुख प्रतिपक्ष कांग्रेससँग विश्वासको मत मागेका हुन् । 

प्रचण्डले मंगलबार विश्वासको मत लिँदैछन् । उनले कांग्रेसले विश्वासको मत नदिए पनि बहुमत पुर्याउने पक्का छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ