arrow

ओलीले प्रचण्डलाई भने - विश्वासको मत लिँदै हुनुहुन्छ, सहज परिस्थिति छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
kp-oli-chairperson-uml-party-parliament-2023-2079.jpg

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने बताउँदै परिस्थिति भने सहज नरहेको बताएका छन् ।  प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै सत्ता साझेदारका मुख्य नेता ओलीले यस्तो धारणा राखेका हुन् ।  

अध्यक्ष ओलीले भने,' नयाँ सरकार गठन भएको हामीलाई जानकारी छ । भोलि विश्वासको मत लिनुहुनेछ, पाउनु हुनेमा म ढुक्क छु । आज पनि म वहाँलाई बधाई भन्न चाहन्छु ।  सरकारलाई बधाई भन्न चाहन्छु । चुनौती छन् भन्ने कुरा पनि सुनाउन चाहन्छु । सहज परिस्थिति छैन ।' 

निर्वाचित सांसदहरूलाई शुभकामना दिँदै ओलीले देशको अर्थतन्त्र बढो गम्भीर अवस्थामा रहेको बताए । यस्तो अवस्थामा निर्वाचन पछि प्रतिनिधि सभामा सकारात्मक सन्देश खोज्नु पर्ने बताए  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ