arrow

राजनीतिलाई भावना र उत्तेजना भन्दा पर आर्थिक समृद्धिको महाअभियानमा केन्द्रित गर्नु छ : प्रधानमन्त्री प्रचण्ड

यो सम्मानित र सार्वभौम संसद नेपाली इतिहासको एउटा नयाँ भाष्य रच्न सफल हुनेछ: प्रधानमन्त्री प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
prachanda-parliament.jpg

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ संसद्को पहिलो अधिवेशनलाई सम्बोधन गर्दै यो सांसदले एउटा नयाँ इतिहास रच्न सफल हुनेछ भन्ने विश्वास व्यक्त गरेका छन्।

सोमबार देखि मङ्सिर ४ मा सम्पन्न निर्वाचनपछि पहिलो पटक प्रतिनिधि सभाको अधिवेशन शुरु भएको हो ।

प्रतिनिधिसभाको अधिवेशनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिलाई भावना र उत्तेजना भन्दा पर आर्थिक समृद्धिको महाअभियानमा केन्द्रित गर्नुपर्ने समेत बताएका छन् ।

उनले अहिले सबै सांसदहरूमा केही गर्नु छ भन्ने हुटहुटी रहेको र त्यो नै ससदको ऊर्जा भएको समेत बताएका छन् ।उनले भने, 'तपाईँहरूमा पक्कै एउटा आवेग र केही गरि छाड्ने हुटहुटी छ त्यो यो संसद्को नयाँ शक्ति हो । र मलाई विश्वास छ तपाईँहरूको आवेग रचनात्मक हुनेछ । केही हुँदिन भन्ने हीन भावनाका ठाउँमा गरे के हुँदैन भन्ने आशा र उत्साह जनाउनु छ।'

यस्तै उनले यो सांसदका अभ्यासहरूले जनताले गौरव गर्ने वातावरण बन्ने समेत विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले भनेका छन्,'राजनीतिलाई भावना र उत्तेजना भन्दा पर आर्थिक  समृद्धिको महाअभियानमा केन्द्रित गर्नु छ । विभेद र वहिष्करणलाई अस्वीकार गर्दै राष्ट्रिय एकता बलियो बनाउनु छ । आर्थिक क्रान्तिको साझा सङ्कल्प गर्दै समृद्ध र न्याय पूर्ण राष्ट्र निर्माण गर्नु छ । म आशावादी छु । यो प्रतिनिधिसभा सार्थक संवादको थलो बन्ने छ । हाम्रा अभ्यासहरूमा जनताले गौरव गर्ने वातावरण बन्नेछ । हाम्रा त्यो सङ्कल्प हामी सबैले लिनु परेको छ।'

यस्तै उनले अघि भनेका छन्, 'राष्ट्रको आवश्यकताको बारेमा हामी विवेक पूर्ण निर्णय लिन सक्नेछौँ । सहमति मात्र हैन मतभेद पनि मर्यादा पूर्ण हुनेछन् । कम्तीमा मेरो प्रयास र अपेक्षा यसैमा केन्द्रीत हुनेछ । यो सम्मानित र सार्वभौम संसद नेपाली इतिहासको एउटा नयाँ भाष्य  रचना गर्न सफल हुने विश्वासका साथ सबै माननीय सदस्यलाई बधाई।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ