arrow

गगन थापाले भने - प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
gagan-kumar-thapa.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले विश्वासको मत नदिने बताएका छन् । भोलि सङ्घीय संसद नयाँ बानेश्वरमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन् । सोही सन्दर्भमा कांग्रेसको आधिकारिक धारणा राख्दै महामन्त्री थापाले कांग्रेस विश्वासको मतको खिलाफमा उभिने बताएका हुन् । 

महामन्त्री थापाले भने,' कांग्रेस विश्वासको मतको खिलाफमा उभिन्छ । विश्वासको मत दिँदैन । प्रतिपक्षमा बस्छ । प्रतिपक्षमा बसेको जिम्मेवारी निर्वाह गर्छ भन्ने कुरा स्पष्ट छ ।' 

प्रचण्ड विभिन्न राजनीतिक दलसहित एक सय ६९ सांसदको समर्थनमा यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए। 

साथे सत्ता साझेदारले सरकारको न्यूनतम साझा कार्यक्रम समेत बनाइसकेको बेला कांग्रेसले समर्थन गर्छ भनेर सम्झनु व्यर्थ हुने थापाले बताए । उनले भने,' नेकपा मा‌ओवादी केन्द्र र नेकपा एमाले लगायतको गठबन्धन बनाएर सत्ता साझेदारको रूपमा समझदारी गरेर, न्यूनतम साझा कार्यक्रम बनाएर भोलि साझा उम्मेदवारको रूपमा प्रस्तुत हुँदै गर्दा पनि यो बेला पनि कांग्रेसले विश्वासको मत दिएला कि भनेर कोही अलमलिने भनेको चाहिँ सामान्य राजनीतिक सुझ नभएको कुरा हुन्छ भन्ने मलाई लाग्छ ।'

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ