arrow

प्रतिनिधिसभाको पहिलो बैठक बस्दै, प्रधानमन्त्रीले भोलि विश्वासको मत लिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
prachanda-pm-final-always.jpg

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै छ । बैठक सङ्घीय संसद नयाँ बानेश्वरमा दिउँसो  १ बजेबाट शुरु हुनेछ । बैठकमा सभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका नेताले शुभकामना मन्तव्य दिनेछन्। 

पहिलो बैठकमा प्रतिनिधिसभामा संलग्न दलका शीर्ष नेता वा सांसदले सम्बोधन गर्ने निर्णय सर्वदलीय बैठकमा निर्णय भएको थियो । 

त्यस्तै सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने प्रस्तावबारे जानकारी गराउनेछन् । प्रधानमन्त्री  प्रचण्डले भोलि मङ्गलवार विश्वासको मत लिनेछन् । 

नेपालको संविधानको धारा ७६ उपधारा (२) बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।

उनी विभिन्न राजनीतिक दलसहित एक सय ६९ सांसदको समर्थनमा यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए।

यता आइतबार बसेको सत्ता साझेदार सात दलको बैठकले सरकारका लागि संसद्मा रहेका सबै राजनीतिक दलहरूसँग विश्वासको मत माग्ने निर्णय गरेको छ । 

त्यसपछि माघ ७ मा सभामुख र माघ ९ मा उपसभामुखको निर्वाचन हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ