arrow

नियुक्त भएपछि कार्कीले भने- मुख्यमन्त्रीमा आलोपालो गर्ने सम्झौता भएको छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
hikmat-karki-edited.jpg

काठमाडौं । प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  मुख्यमन्त्रीमा आलोपालो सञ्चालन गर्ने सम्बन्धमा कुनै सम्झौता नभएको बताएका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेका उनले आइतबार साँझ मुख्यमन्त्रीमा नियुक्ति भएपछि आलोपालो सञ्चालन गर्ने सम्बन्धमा कुनै सम्झौता नभएको बताएका हुन् । उनले  वर्तमान सरकार पाँच वर्ष सञ्चालन हुने बताए । 

कार्की प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङबाट आइतबार साँझ मुख्यमन्त्रीमा नियुक्ति भएका हुन् । उनले सत्ता सहकर्मी सबै दलको प्रतिनिधित्व हुने गरी मन्त्रिमण्डल निर्माण गर्ने बताए । 

उनले सत्ता सहकर्मी दलहरूबीच छलफल गरी पुस २५ गते दिउँसो मन्त्रिमण्डल सदस्यको शपथ ग्रहण गर्ने जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ