arrow

कार्यदलको बैठक सकियो, मस्यौदा शीर्ष नेतालाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २२ शुक्रबार
prachanda-gathabandhan-oli-lingden-ravi.jpg

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न बनेको कार्यदलको बैठक अर्थ मन्त्रालयमा बसेको छ । 

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदा शीर्ष नेताहरूलाई बुझाउने भएको छ । 

कार्यदलले मस्यौदा बुझाएसँगै सत्ता साझेदार दलहरूका नेताहरूले सरकारको न्यूनतम साझा कार्यक्रमलाई सार्वजनिक गर्नेछ । 

यसअघि सत्ता साझेदार दलहरूको बैठकले आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुन सक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम ल्याउने निर्णय गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ