अमेरिका सभामुख विहीन : १६४ वर्षको इतिहासमा ११ औं मतदान, अझैं हारे म्याककार्थी
१८५९ को गृहयुद्धयता सभामुख छान्न पहिलो पटम ११ औं मतदान, तर अझैं सभामुख विहीन अमेरिका
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २२ शुक्रबार
513
Shares
काठमाडौं । अमेरिकी प्रतिनिधि सभाले जनवरी ३ देखि नयाँ सभामुख छान्नका लागि मतदान गरिरहँदा ११ औं पटकको मतदानमा समेत सभामुख चयन हुन नसक्दा संसद सभामुख विहीन नै रहेको छ।
अमेरिकी संसद्मा बहुमत हुने दलको नेता सभामुख हुन्छ । यसका लागि सो दलका प्रतिस्पर्धीहरुबीच मतदान हुन्छ । अहिले रिपब्लिकनको बहुमत रहेको प्रतिनिधिसभामा केभिन म्याकार्थी सभामुखको दौडमा छन् तर, ११ औं पटकको मतदानमा समेत उनले आवश्यक २१८ मत जुटाउन सकेनन्।
बिहीबारका मतदानमा पनि उनले नजित्दा अमेरिकी संसद्मा सभामुख चयनका लागि अब, १२ औं पटक मतदान हुन लागेको छ।
यो १६४ वर्ष सन् १८५९ को अमेरिकी गृहयुद्ध यता पहिलो पटक सभामुख निर्वाचनका लागि १२ औं प्रतिस्पर्धा हुन लागेको हो।
म्याकार्थीले बिहीबारको पहिलो दुई राउन्डको मतदानमा २०१ मत पाएका थिए, उनका प्रतिद्वन्द्वी बनेका रिपब्लिकनकै बायरन डोनाल्ड्सले १९ मत पाएका छन्।
२१२ डेमोक्रेट सांसदहरूले भने, आफ्ना प्रतिस्पर्धी हाकिम जेफ्रिजलाई नै मतदान गरेका छन्।