arrow

पर्सामा चिसोले जनजीवन प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २१ बिहिबार
cold1.jpg
सांकेतिक तस्विर ।

वीरगन्ज। दुई सातादेखिको शीतलहरका कारण बढ्दै गएको चिसोले पर्साको जनजीवन नराम्ररी प्रभावित भएको छ । दिनभरि घाम नलाग्ने र सँगै चल्ने चिसो हवाका कारण सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ ।

दैनिक ज्यालादारी गरी परिवार पाल्नेलाई कठिनाइ भएको छ । बिहानको समयमा हुस्सुका कारण बाटोको पहिचान गर्नसमेत समस्या भएको छ । यातायातका साधन चलाउन कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ ।

चिसो बढेसँगै अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या दोब्बरले वृद्धि भएको छ । रुघाखोकी, ज्वरो, दम, रक्तचापलगायतका  बिरामी ह्वात्तै बढेका नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए । “अस्पताल आउनेमा वृद्ध वृद्धा तथा बालबालिका बढी छन्”, उनले भने । उनले चिसोबाट जोगिन तातोपानी तथा झोल पदार्थ सेवन गर्न र घर बाहिर ननिस्कन सुझाव दिए ।

चिसोबाट जोगाउन वीरगन्ज महानगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा दाउराको व्यवस्था गरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ