- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सरकारलाई समर्थन दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा जाने कुरा हल्ला मात्र भएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् । राप्रपा अध्यक्ष लिङ्देनले ट्विट गर्दै सो कुरा बताएका हुन् ।
लिङ्देनले राप्रपा लगायतका दलहरूलाई सरकारमा लान मन्त्रालयहरूको सङ्ख्या बढाइने भन्ने हल्ला निराधार भएको बताएका छन् । उनले मन्त्रालयको सङ्ख्या बढाएर राप्रपा सरकारमा नजाने स्पष्ट पारेका हुन् ।
ट्विटरमा राजेन्द्र लेखेका छन्, 'राप्रपा लगायतका दलहरूलाई सरकारमा लान मन्त्रालयहरूको सङ्ख्या बढाइने भन्ने हल्ला निराधार हो । मन्त्रालयको सङ्ख्या बढाएर राप्रपा सरकारमा जाँदैन।'
यता उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भागवण्डा मिलाउन मन्त्रालय फुटाउने पक्षमा सरकार नरहेको बताएका छन् ।