arrow

बालुवाटारमा प्रचण्डले भित्राए दिपेन्द्रलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २० बुधबार
dipendra-prachanda1.jpg

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनमगरलाई पार्टीमा भित्राएका छन् । 

रोल्पा क्षेत्र नम्बर १ (ख) बाट स्वतन्त्र उम्मेदवारमा निर्वाचित पुन मागरलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डले भित्राएका हुन् । 

पुन मगर माओवादी केन्द्रको पोलिटब्युरो सदस्य एवम् रोल्पा जिल्ला इञ्चार्जको जिम्मेवारीमा थिए ।

पुन मगरले मङ्सिर ४ मा भएको प्रदेश सभा निर्वाचनमा रोल्पाबाट पार्टीको निर्णय विपरीत स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

उनले स्वतन्त्र उम्मेदवारी दिएपछि माओवादीले पार्टीबाट निष्कासन गरिएको थियो । 

तर सो क्षेत्रमा पुन मगरले नै जितेपछि माओवादीमै प्रवेश गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ