arrow

प्रचण्डले विश्वासको मत लिँदै, ओली पुगे बालुवाटार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २० बुधबार
oli-prachanda-bhetghat.jpg

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् ।

उनी विभिन्न राजनीतिक दलसहित एक सय ६९ सांसदको समर्थनमा यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । 

यसै सिलसिलामा प्रधानमन्त्री दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ पुगेका ओली र दहालबीच विश्वासको मतलाई लिएर छलफल भएको हो । 

नेपालको संविधानको धारा ७६ उपधारा (२) बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।

भेटमा सरकारको प्रभावकारिता, न्यूनतम साझा नीति कार्यक्रमलगायत विषयमा पनि छलफल भएको थियो । 

गत बिहीबार बसेको सत्ता साझेदार दलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न अध्यक्ष ओलीको संयोजकत्वमा कार्यदल बनाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ