arrow

प्रचण्डले दिए अर्थलाई निर्देशन

नेपालीले दुई वटा मोबाइल ल्याउन पाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
pm-prachanda-address-.jpg

काठमाडौं । विदेशबाट फर्कने नेपालीले दुई वटा मोबाइल ल्याउन पाउने भएका छन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । 

विदेशबाट फर्किएका नेपालीले विमानस्थलमा अवरोध खेप्नुपरेपछि प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयलाई पुनः निर्देशन दिएको छ । भन्सारका कर्मचारीले एउटाभन्दा बढी मोबाइल बोकेर आएका नेपालीलाई अतिरिक्त भन्सार शुल्क तिराउने गरेका छन् ।

प्रधानमन्त्री दाहालले आज पुनःउपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई त्यससम्बन्धमा आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।“आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कार्यबाही अघि बढाउन निर्देशन दिएको छ”, प्रेस संयोजक शर्माले भने ।
 
रोजगारीका सिलसिलामा विदेश गएका नेपालीले आफूसँग फर्किंदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीले निर्देशन दिएका छन् । 

यसअघि प्रचण्डले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडीएमएस) तत्काल लागु नगर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका थिए । भन्सार छलेर ल्याइएका मोबाइल फोन ब्लक गर्ने उद्देश्यले यो प्रणाली लागु गर्ने निर्णय गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ