arrow

सचिवहरूलाई आज प्रम प्रचण्डले निर्देशन दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
prachanda-sachiv-chalfal.jpg

काटमाडौं ।  प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक सरकारका सचिवसँग छलफलमा बसेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज निर्देशन दिने भएका छन् ।

सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन प्रधानमन्त्री सरकारका सचिवसँग उनले हिजो छलफल गरेका थिए । 

छलफलमा गृह, अर्थ, शिक्षा, परराष्ट्र, भौतिक पूर्वाधार, संस्कृति तथा पर्यटनलगायत मन्त्रालयका सचिवहरूले आ-आफ्नो मन्त्रालयको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

विशेष गरी राहदानी वितरण, सवारी चालक अनुमति पत्रलगायत सेवाग्राहीको बढी भिडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने प्रधानमन्त्रीको योजनाअनुसार सोमबार पहिलो चरणमा प्रधानमन्त्रीले सचिवहरूसँग छलफल गरेका हुन् । 

केही सचिव र विभागका प्रमुखले आ-आफ्नो विभागको कार्यविवरणबारे प्रस्तुति दिन बाँकी छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सचिवहरूले आ-आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेका थिए । 

उनीहरूले मन्त्रालयको नीति तथा कार्यक्रम, वार्षिक बजेट र कार्यसम्पादनमा भएका कमी तथा कमजोरीका बारेमा जानकारी गराएका थिए ।

केही सचिव र विभागको विवरण मङ्गलबार प्रस्तुत भएपछि मात्रै प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूची तय भएको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक सरकारको काम कारबाही प्रभावकारी बनाउन सरकारका सचिवसँग उनले सोमबार छलफल गरेका थिए । 

पुस १० मा प्रधानमन्त्रीमा नियुक्त एका दाहालले सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गरेका थिए । 

पुस ११ मा उनले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ