arrow

एक साताभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १७ आइतबार
province-1.JPG
तस्बिर – फाइल ।

विराटनगर । प्रदेश १ का प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश सभा सदस्यहरुलाई आह्वान गरेका छन् । आइतबार उनले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न एक साताको समय दिएका हुन् । 

यही २४ पुस आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख खापुङले समय दिएका हुन् । संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश सभाका दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतसहित मुख्यमन्त्री पदमा दाबी पेस गर्न उनले आह्वान गरेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ