arrow

प्रचण्ड पोखरा जाँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १७ आइतबार
pm-prachanda.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पोखरा जाने तयारीमा छन् । 

पोखरामा आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उनी पोखरा जान लागेका हुन् ।

प्रधानमन्त्री बिहान ११.०० बजे पोखरा पुग्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए । 

उनका अनुसार प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि जादैछन् । 

प्रमुख गौतमका अनुसार प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको शुभारम्भ गर्नेछन् ।

आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौँबाट यात्रुसहित उडेको पहिलो विमान ७.३० बजे पुग्दै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ