arrow

अधिकारलाई नेविसंघ रौतहटको जिम्मेवारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
adhikar-lamichhane-rautahat.jpg

रौतहट । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ रौतहटको अध्यक्षमा अधिकार लामिछानेलाई जिम्मेवारी दिइएको छ । 

नेविसंघ रौतहटको अध्यक्ष पद रिक्त भएको र ३२ वर्ष उमेर हद पनि आकर्षित भएकाले नेविसंघको विधान २०२७ को छैटौँ संशोधन २०७५ बमोजिम तीन महिनाभित्र जिल्ला अधिवेशन गर्ने गरी अधिकार लामिछानेलाई नेविसंघ रौतहट जिल्ला अध्यक्ष पदको लागि जिम्मेवारी दिइएको नेविसंघका केन्द्रीय कार्यसमितिका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए । 

विद्यार्थी माझ लोकप्रिय रहेका लामिछानेले पाएको जिम्मेवारी विधि विधान र मर्यादा भित्र रहेर संघलाई गतिशील बनाउन आफू हर समय तत्पर रहने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ