arrow

लिए मधेसका सांसदले शपथ [फोटोफिचरसहित] 

logo
निरञ्जन साह,
प्रकाशित २०७९ पुष १५ शुक्रबार
madhes-oath-2079.jpg

जनकपुरधाम। मधेस प्रदेशका नवनिर्वाचित मधेस प्रदेशसभा सदस्यहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेश सभा सदस्य गोविन्दबहादुर न्यौपानेले नेकपा माओवादी केन्द्रका समानुपातिक सांसदद्वय मालाकुमारी कर्ण र मो रजी हैदरबाहेक अन्य १०४ जना प्रदेशसभा सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन् । 

७१ वर्षीय ज्येष्ठ सदस्य न्यौपानेले यसअघि बिहीबार नै प्रदेश प्रमुख हरिशंकर मिश्रसँग पद तथा गोपनीयताको शपथ लिएका थिए । सांसद न्यौपानेले ज्येष्ठ सदस्यको हैसियतले प्रदेश सभाको अध्यक्षता गर्नेछन् । नेकपा एकीकृत समाजवादीका न्यौपाने मंसिर ४ मा सम्पन्न निर्वाचनमा सप्तरीको ४ ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । 

नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेश सभा सदस्यले प्रदेश सभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि प्रदेश कानून बमोजिम शपथ लिनुपर्ने व्यवस्था रहेको हो ।

यसपटक मधेस प्रदेशमा नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, जनमत पार्टी, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीसहित १० वटा दलको प्रतिनिधित्व छ ।

मधेस प्रदेशसभामा एमालेले प्रत्यक्षमा १५ र समानुपातिक ८ गरी २३ सिट पाएर पहिलो दल बनेको छ ।  त्यस्तै, नेपाली कांग्रेस प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२ सिट पाएर दोस्रो, जनता समाजवादी पार्टी प्रत्यक्षमा ९ र समानुपातिकमा ७ गरी १६ सिट पाएर तेस्रो, जनमत पार्टी प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी १३ सिटसहित चौथो दल बनेको छ ।

 लोसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा २ गरी ९ सिट पाएर पाँचौँ, माओवादी केन्द्र प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी ८ सिट पाएर छैटौं तथा एकीकृत समाजवादी प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी ७ सिट पाएर सातौँ दल बनेको छ ।

मधेस प्रदेश सभामा राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा १–१ सिट पाएका छन् । मधेस प्रदेशसभामा यसपटक ६ जना स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भए पनि सर्लाही–३ (क) बाट स्वतन्त्र निर्वाचित प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहा बिहीबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरिसकेका हुन् ।

योसँगै मधेस प्रदेशमा नेकपा माओवादी केन्द्रको सांसदको संख्या ९ पुगेको छ ।

सपथ ग्रहणमा ५६ जनाले नेपाली, १३ जनाले बज्जिका, १२ जनाले मधेसी, ११ जनाले मैथिली, ७ जनाले भोजपुरी, ३ जना थारु, २ जना मगही, २ जनाले हिन्दी र १ जनाले उर्दु भाषामा सपथ ग्रहण गरेका छन् ।

 सपथ लिनपर्ने १ सय ६ मध्ये माओवादीका दुई सांसद सपथ ग्रहण गर्न पाएनन् । उनीहरू दुवै जना प्रदेश सभा सदस्यमा निर्वाचित भएको घोषणा गर्ने लगायतको बाँकी निर्णय र काम कारबाही कार्यान्वयन नगरी यथास्थितिमा राख्न सर्वोच्च अदालतबाट निर्णय भएकोले शपथ ग्रहणबाट बञ्चित गरिएको हो ।

321743827_1327616554727670_2822514581946687047_n.jpg
मधेसका माननीय
321759559_555726903098831_3261945295620622613_n.jpg
321825446_898447294645521_5497616751574640464_n.jpg
321922877_532788718590680_6294821733150804224_n.jpg
321931041_1328662337718044_3554389981499457891_n.jpg
322059478_1491173781370981_4842162803422245665_n.jpg
322083563_3534298343456842_1911992021187932284_n.jpg
322087434_501046878883095_1476556729166829009_n.jpg
322147775_5729068087170799_9056055508207656767_n.jpg
322306930_590476146242441_1823665087404030698_n.jpg
322386816_1286723382186104_2482369479082688984_n.jpg
322390167_696887425350437_7958597587398367963_n.jpg
322538295_868714794180136_3063371031445711095_n.jpg
322601131_1366209110793526_5792069729010930852_n.jpg
322661324_2310462642469261_7131395496805751777_n.jpg
322727099_2184758178400404_8979814915676102854_n.jpg
CS-JANAKPUR-15-RSS.jpg
NS-MAHENDRANAGAR-15-RSS2.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ